Logo

सेञ्चुरी कमर्सियल बैंकले सार्वजनिक गर्याे २ ओटा मस्कट, बजार विस्तारमा सहयोग पुग्ने

सेञ्चुरी कमर्सियल बैंकले सार्वजनिक गर्याे २ ओटा मस्कट, बजार विस्तारमा सहयोग पुग्ने



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो २ ओटा मस्कट सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच शुक्रबार व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्न तथा बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो ।

laxmi

यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।

सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने विश्वास लिइएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL