Logo

राष्ट्रिय वाणिज्य बैकको दशैं-तिहार अफर, पिओएसबाट भुक्तानी गर्दा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैकको दशैं-तिहार अफर, पिओएसबाट भुक्तानी गर्दा क्यासब्याक अफर



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैकले आउदो दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै कार्तिक १ गते, शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि रा.वा.बैंककै पोइन्ट अफ सेल (पिओएस) को माध्यमवाट भुक्तानी सेवा शुरु गरिएको छ । 

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावाबैंककै पिओएसको माध्यमबाट रकम भुक्तानि गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने छ ।

विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL