Logo

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोसियशनबीच प्रोफेशनल कर्जा सम्बन्धमा सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोसियशनबीच प्रोफेशनल कर्जा सम्बन्धमा सम्झौता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ४७ सनराइज होम्समा अवस्थित नेपाल डेन्टल एसोशियशनसँग बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

laxmi

यस सम्झौताअन्तर्गत नेपाल डेन्टल एसोसियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकका बिभिन्न बैंकिंङ सेवाहरु उपलब्ध हुने साथै बिना धितो रु १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ ।

यस कर्जाअन्तर्गत कर्जावालालाई रु एक लाख सम्मको कोभिड–१९ इन्स्योरेन्स निःशुल्क प्रदान गरिने छ । बैंक र एसोसियशन बीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोसियशनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL