Logo

एनएमबी बैंकको कोरोना रोकथाममा सहयोग, प्रदेश २ सरकारलाई १०० थान पिपिई हस्तान्तरण

एनएमबी बैंकको कोरोना रोकथाममा सहयोग, प्रदेश २ सरकारलाई १०० थान पिपिई हस्तान्तरण



काठमाडौं । एनएमबी बैंकले प्रदेश नम्बर २ को सरकारलाई १ सय थान पिपिई हस्तान्तरण गरेको छ ।

कोरोना महामारी विरुद्धको लडाईमा सहयोग पुर्याउने उद्देश्यका साथ कोरोना भाइरस संक्रमणको आशंका क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका बिरामीलाई चेकजाँच गर्नका लागि अत्यावश्यक पीपिई एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेशकुमार झा सहितको टोलीले आज बिहान मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरणमा समाजिक विकास मन्त्री नवल किशोर साह, चिकित्सकीय सल्लाहकार समूहका डारामकेवल साहसहितको उपस्थिति रहेको थियो । एनएमबी बैंकले उपलब्ध गराएको सामग्रीहरुमा एकसय थान गुणस्तरीय पिपिई, जुत्ता, मास्क, सेनिटाइजर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL