Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, डाक्टरलाई सुरक्षात्मक उपकरण पीपीई वितरण

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, डाक्टरलाई सुरक्षात्मक उपकरण पीपीई वितरण



काठमाडौं । सन्राइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आखाँ अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा त्यसको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उक्त पीपीई दिएको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिइ दिएको हो । सोमबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिइ र ५ सय थान माक्स हस्तान्तरण गरे । साथै तिलगंगा आँखा अस्पतालमा पनि ५ थान पिपिइ बंैकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गरे ।

हालसम्म सनराइज बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४ सयभन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL