Logo

मेगा बैंकको सामाजिक उत्तरदायित्व, बागमती र कर्णाली प्रदेशलाई ५–५ लाख सहयोग हस्तान्तरण

मेगा बैंकको सामाजिक उत्तरदायित्व, बागमती र कर्णाली प्रदेशलाई ५–५ लाख सहयोग हस्तान्तरण



काठमाडौं । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि बागमती र कर्णाली प्रदेशलाई ५–५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकको हेटौंडा शाखाका प्रबन्धक निरञ्जन देवकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका छन । त्यस्तै बैंकका वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ५ लाख रुपैंया सहयोग हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । सोही अनुसार, प्रदेश नम्बर १, २, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा यसअघि ५–५ लाख रुपैंया हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL