Logo

एनआईसी एशिया बैंकको अफर, अनलाईन खाताबाट पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५ सय पाईने

एनआईसी एशिया बैंकको अफर, अनलाईन खाताबाट पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५ सय पाईने



काठमाडौं । एनआईसी एशिया बैंकले मोबाईल बैंकिङमा क्यास ब्याक योजना संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त सेवा अन्तरगत बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५ सय रुपैयाँसम्म रकम फिर्ता दिने भएको छ ।

उक्त सेवा प्राप्त गर्न बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ । उक्त खाता खोलिसकेपछि पाउनु भएको खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरणलगायतका विभिन्न कारोबार गर्न सक्नेछन । अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ ।

जसले गर्दा ग्राहकलाई बार्षिक १४ हजार रुपैयाँसम्म फाइदा हुनेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ सुचारु गरि खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने छ । मोबाइल बैंकिङ एक्टिभेट गरी मोबाइल बैंकिङमार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहकले ५ सय रुपैयाँ फिर्ता पाउने छन । साथै देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ तथा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा पाउनेछन ।

बैंकले ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL