Logo

एनआईसी एशिया बैंकको ग्राहक सहायता केन्द्र सबै प्रदेशमा, फोन गरेर समस्या समाधान गर्न सकिने

एनआईसी एशिया बैंकको ग्राहक सहायता केन्द्र सबै प्रदेशमा, फोन गरेर समस्या समाधान गर्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्राहक सहायता केन्द्र’ संचालनमा ल्याएको छ । बैंकले नेपाल लकडाउनको अवस्थामा समस्या समाधानका लागि उक्त केन्द्र संचालनमा ल्याएको हो । बैंकले लकडाउनको परिस्थितिमा ग्राहक महानुभावहरुलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ग्राहक सहायता केन्द्र स्थापना गरेको हो ।

laxmi

ग्राहक सहायता केन्द्रबाट विभिन्न बैंकिङ सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ समस्या तथा गुनासोको समाधान गर्न सक्ने बैंकले जानकारी दिएको छ । जस्तै, प्रदेश १ मा रहेका ग्राहकले बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो समस्या समाधान गर्न सक्नेछन ।

त्यस्तै विराटनगर सहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुले सो क्षेत्रका समस्या समाधान गर्ने छ । बैंकले सातै प्रदेशमा स्थापना भएका ग्राहक सहायता केन्द्रमार्फत ग्राहकले आफ्नो समस्याको समाधान गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL