Logo

बैंकर्स एसोसिएसनको ‘भर्चुअल बैंठक’ : सबै एटिएममा पर्याप्त पैसा हुने, टेलिफोन र इमेलमार्फत कल सेन्टर संचालन गर्ने

बैंकर्स एसोसिएसनको ‘भर्चुअल बैंठक’ : सबै एटिएममा पर्याप्त पैसा हुने, टेलिफोन र इमेलमार्फत कल सेन्टर संचालन गर्ने



काठमाडौँ । नेपाल बैंकर्स एसोसिएसनले कोरोना भाइरस संकटपछि उत्पन्न अवस्थाबारे छलफल गरेको छ । एसोसियनले मंगलबारदेखि शुरु भएको लकडाउनपछि को अवस्थाबारे बुधबार बिहान भर्चुअल (अनलाईनमार्फत ) बैठक गरेको हो ।

बैठकले यो संकटको बेलामा सरकारलाई साथ दिँदै कुनैपनि एटिएमहरुमा नगदको अभाव हुन नदिन पर्याप्त रकम एटीएममा राख्ने निर्णय गरेको छ ।

एटीएममा पर्याप्त पैसा राखेपछिआम निक्षेपकर्ता ग्राहकको आवश्यकता अनुरुप पैसा निकाल्न पाउने अधिकारको समेत सम्मान हुने समेत एसोसिएसनले जनाएको छ । त्यसैगरी डिजिटल कारोबारलाई सहज बनाउन सो सम्बन्धी जानकारी दिने टेलिफोन र इमेल मार्फत कल सेन्टर संचालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले सबै बैंकका शाखाहरुले कम्तिमा दुई जना सम्पर्क व्यक्तिको नाम सार्वजनिक गर्नुपर्ने र कुनै बिशेष काम वा इमर्जेन्सी भएमा उनीहरुलाई बाहिर निस्कने व्यवस्था स्थानीय प्रशाशनसँगको सहकार्यमा गरिने, एटिएम नभएका शाखाहरु हरेक दिन निश्चित समयकोलागि संचालन गर्ने पनि निर्णय भएको छ ।

यस्तै अन्य अत्यावश्यक सेवाहरु जस्तै एलसी खोल्ने, वस्तु आयातको लागि वा अन्य प्रयोजनको लागी बैंक ग्यारेण्टी लिनुपर्ने र ट्रेजरीको लागि सम्बन्धित बैंकको शाखामा सिधै सम्पर्क गर्न र सेवा लिन सरोकारवालालाई सो बैठकले अपिल गरेको छ । एसोसिएसनले एटिएम बुथसम्म सेनिटाईजरलगायतका सुरक्षा सामग्री पुर्याउन र बैकका कर्मचारीका लागी मास्क, सेनिटाईजर, पन्जा लगायतका सामग्री ढुवानीमा सहयोग गर्न स्थानीय प्रशाशनलाई अनुरोध गरेको छ ।

एसोसिएसनले आफ्ना ग्राहक तथा कर्मचारीको सुरक्षा आफुहरुको प्राथमिक सरोकारको बिषय भएको उल्लेख गर्दै एक जुट भएर सरकारले कोरोना नियन्त्रणका लागी गरेको प्रयत्नमा सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL