Logo

एनआईसी एशिया बैंकले अतिरिक्त काउण्टर बन्द गर्ने, नियमित र बिदा काउण्टर यथावत

एनआईसी एशिया बैंकले अतिरिक्त काउण्टर बन्द गर्ने, नियमित र बिदा काउण्टर यथावत



काठमाडौं । कोरोना भाइरसका कारण एनआईसी एशिया बैंकले आफ्नो सम्पूर्ण शाखाहरु बिदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू बन्द गर्ने भएको छ ।

laxmi

बैंकले ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा र कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हो ।

बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू चैत १० गतेदेखि बन्द रहनेछन् । तर बैंकको नियमित काउण्टर सेवाहरू भने बिहान ९ः४५ देखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ देखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुनेछन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न समेत बैंकले आग्रह गरेको छ । बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै आफ्ना ग्राहकहरुलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङलगायका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको गरेको छ ।

बैंकले ३१९ शाखा, ४६१ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ६१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL