Logo

एनआईसी एशिया बैंक र हायात रिजेन्सीबीच सम्झौता, होटलको सेवा सुविधामा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंक र हायात रिजेन्सीबीच सम्झौता, होटलको सेवा सुविधामा १५ प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र हायात रिजेन्सी होटलबीच सम्झौता भएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजेश रामदासले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउनेछन । साथै बैंकका कर्मचारीहरूलाई समेत सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । त्यस्तै बैंकका ग्राहकले २४ सय भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन ।

बैंकले ३१९ शाखा, ४५४ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ६० शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL