Logo

ग्लोबल आइएमई बैंकको बीमा दाबी भुक्तानी, मृतक गिरीको परिवारलाई नगद हस्तान्तरण

ग्लोबल आइएमई बैंकको बीमा दाबी भुक्तानी, मृतक गिरीको परिवारलाई नगद हस्तान्तरण



काठमाडौं । ग्लोबल आइएमई बैंकले निक्षेप बीमा वापतको रकम भुक्तानी गरेको छ । पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका राजु गिरीको सडक दुर्घटनामा परी निधन भएकाले बिमितले पाउने रकम ५ लाख रुपैयाँ निजको परिवारलाई हस्तान्तरण गरेको हो ।

laxmi

बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मृतक गिरीको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण रेका हुन । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले २७० शाखा, ३७ राजस्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४९ शाखा रहित बैंकिङ सेवामार्फत सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL