Logo

एनआईसी एशियाको ‘न्यु चमत्कारिक बचत खाता’ योजना, खाता खोल्दा २ लाख १४ हजार रूपैयाँसम्म फाइदा

एनआईसी एशियाको ‘न्यु चमत्कारिक बचत खाता’ योजना, खाता खोल्दा २ लाख १४ हजार रूपैयाँसम्म फाइदा



काठमाडौं । एनआईसी एशिया बैंकले ‘न्यु चमत्कारिक बचत खाता’ योजना सार्वजनिक गरेको छ । सार्वजनिक गरेको उक्त नयाँ योजनामार्फत ग्राहकहरुले ३० चमत्कारिक फाइदा पाउन सक्ने बैंकले जानकारी दिएको छ ।

उक्त योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५० हजार रुपेयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा रहेको छ । यस्तै बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू समेत बैंकले अघि सारेको छ ।

बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुने भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमा उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । बचत खातावालाल ५० लाख रूपैयाँको कर्जा उपयोग गर्र्दा १ लाख १३ हजार रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्ने बैंकले जानकारी दिएको छ ।

यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट/क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहक महानुभावलाई ८७,००० रूपैयाँसम्मको फाइदा हुन्छ ।

स्वीप इन–स्वीप आउट सुविधा

यो बैंकले ल्याएको एक विशेष किसिमको सुविधा हो । यसमार्फत ग्राहकले खोलेको न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त हुनेछ । बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १० हजार रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुने जानकारी दिएको छ ।

यस्तै बचत खातामा ६ दशमलव ५ प्रतिशत ब्याजदर पाइरहेका ग्राहकरुले मुद्धती खातामा जाने वित्तीकै ९ दशमलव ७५ प्रतिशतसम्मको ब्याज पाउनेछन ।

बैंकले हाल देशभर ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ४५ एटिएम, १ सय ३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL