Logo

ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, खेलाडीलाई नगद पुरस्कार

ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, खेलाडीलाई नगद पुरस्कार



सर्वोकृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई ग्लोबल आई एम ई बैंकको नगद पुरस्कार प्रायोजन । काठमाडौं । ग्लोबल आईएमई बैंकले २०७५ को सर्वोकृष्ट खेलाडीहरुलाई सम्मान गरेको छ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई बैंकले जनही १÷१ लाख रुपैयाँ प्रदान गरेको हो ।

प्याराग्लाईडिङका विमल अधिकारी र तेकवान्डोकी महिला खेलाडी निमा गुरुङलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तर काम गर्ने संघसंस्था, व्यक्तित्वहरुलगाएत राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुको मनोबल बढाउने उद्धेश्यले विगत १३ वर्ष देखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आईरहेको छ ।

बैंकले गरेको सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई समर्ग नेपाली खेल क्षेत्रको विकासमा सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL