Logo

ग्लोबल आइएमई बैंकको शाखा डोटीको दिपायल पिपल्ला बजारमा, शाखा संख्या २७० पुग्यो

ग्लोबल आइएमई बैंकको शाखा डोटीको दिपायल पिपल्ला बजारमा, शाखा संख्या २७० पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि संचालनमा आएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी पौडेलले डोटीलगायत देशका अन्य जिल्लाहरुमा बैंकले बिस्तार गरेको सेवा संजालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताएका छन । बैंकको आगमनले जिल्लाको आर्थिक समृद्धिमा थप सहयोग पुग्ने पौडेलले जानकारी दिएका छन ।

बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट आधुनिक एवम् अन्तरराष्ट्रियस्तरको बैंकिङ सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गरेका छन । अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमानै परिचालन गर्ने र शाखाले आर्जन गरेको नाफाको १ प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष तिवारीेले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई आग्रह गरेका छन । त्यस्तै डोटी उद्योग वाणिज्य संघका अध्यक्ष कलेलले बैंकले गाउँघरमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउनु पर्ने बताएका छन ।

बैंकले हाल २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL