Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, आमा घर सेवा आश्रमलाई आर्थिक सहयोग

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, आमा घर सेवा आश्रमलाई आर्थिक सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले आमाघर आश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले आपनो सामाजिक उत्तरदायित्व अन्तरगत आमाघर सेवा आश्रमको निर्माणाधीन भवनमा सोलार जडानका लागी ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकको बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले एक कार्यक्रमको आयोजना गरि आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई ३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै आश्रमका अध्यक्ष उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै बैंकले गरेको सहयोगले आफुहरु हर्षित भएको बताए ।

आश्रमका संरक्षक सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुवाहरुका लागी अति आवश्यक तातोपानीका लागी सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिएका छन । त्यसतै बैंकका डेपुटी प्रदेश प्रमुख कडरियाले बैंक पनि समाजकै अंग भएकाले सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रमहरुमा सहयात्री भई सहयोग गरेको बताए ।

बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL