Logo

ग्लोबल आइएमई बैंकको शाखा खोटाङको दिक्तेलमा, शाखा संख्या २७० पुग्यो

ग्लोबल आइएमई बैंकको शाखा खोटाङको दिक्तेलमा, शाखा संख्या २७० पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले खोटाङको दिक्तेलमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै मेयर रिजालले खोटाङको दिक्तेल रुपाकोट मझुवागढीलगायत देशका अन्य ठाउँमा बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताएका छन । बैंकले सम्पूर्ण देशवासीको मन जित्न सफल भएको बताउँदै उनले थप प्रतिष्पर्धी बन्दै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न आग्रह समेत गरेका छन । प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरेका छन । उनले बैंकको उपस्थितिले खोटाङको आर्थिक समृद्धिमा थप सहयोग पुग्ने बताए ।

त्यसतै खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राईले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै साना तथा मझौला उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई आग्रह गरेका छन । सोही क्रममा बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट अन्तरराष्ट्रियस्तरको बैंकिङ सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गरेका छन ।

अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमानै परिचालन र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम समेत सोही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने बताएका छन । कार्यक्रममा बैंकका वरिष्ठ नायव कार्यकारी अधिकृत महेश शर्मा ढकालले १३ वर्षअघि स्थापना भएको बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको बताएका छन ।

त्यस्तै बैंकले अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको र मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारतलगायतका मुलुकबाट रेमिटान्स भित्र्याई मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL