Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, पोखरा उपभोक्ता समितिलाई आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, पोखरा उपभोक्ता समितिलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरा उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको छ । बैंक तथा वित्तीय संस्था, सुनचादी पसल र आर्थिक कारोबार हुने व्यबसायिहरुको सुरक्षाको लागि सिसिटिभी राख्न बैंकले उक्त रकम सहयोग गरेका हुन ।

laxmi

पोखरा महानगरपालिकाको पालिका चोक देखि राष्ट्रबैंक चोकसम्म सिसि टिभी राख्नको लागि बैंकले समितिलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरको हो । बैंकले जिल्ला प्रहरी कार्यालय कास्कीमा एक कार्यक्रम गरि उक्त रकम समितिलाई हस्तान्तरण गरेको जानकारी दिएका छन ।

सिसिटिभी जडान पछि सो क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्ने बैंकको विश्वास रहेको छ । साथै आपराधिक क्रियाकलापको अनुसन्धान गर्न नेपाल प्रहरीलाई समेत सहज हुने समितिको विश्वास रहेको छ । बैंकले ८९ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL