Logo

ललिता निवासको जग्गा धितो राखेका छैनौ : सिटिजन्स बैंक

ललिता निवासको जग्गा धितो राखेका छैनौ : सिटिजन्स बैंक


बिजखबर संवाददाता
297
Shares

काठमाडौं । सिटिजन्स बैंकले बालुवाटारस्थित ललिता निवासको कुनैपनि जग्गा धितो राखेर कर्जा नदिएको जानकारी दिएको छ । बैंकले बिहीबार एक विज्ञप्ती जारी गर्दै ललिता निवास जग्गा प्रकरणमा बैंकको नाम जोडेर केहि संचारमा सम्प्रेषित समाचारमा ध्यानाकर्षण गर्दै उक्त जग्गाका लागि कुनै कर्जा नदिएको बताएका हो ।

laxmi

‘यस बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह नगरेको व्यहोरा जानकारी गराईन्छ ।’, बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै बैंकले बिहीबार ईटहरीस्थित माया घर नेपाललाई ८० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।

बैंकले मानसिक अवस्था गुमाएर सडकमा बेवारिसे रहेका मानिसहरुलाई पुनस्र्थापना गर्नका लागि उक्त आर्थिक सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL