Logo

ग्लोबल आइएमई बैंकका दुई शाखा विस्तार, शाखा संख्या २६९ पुग्यो

ग्लोबल आइएमई बैंकका दुई शाखा विस्तार, शाखा संख्या २६९ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई नयाँ दुई शाखा संचालनमा ल्याएको छ ।

बैंकले काठमाडौंको टोखा नगरपालिका ३ बालुवापाटी र कपिलवस्तुको कृष्णनगर नगरपालिका २ गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या २६९ पुगेको बैंकले जानकारी दिएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले २६९ शाखा, ३७ राजस्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL