Logo

कामना सेवा विकास बैंकको शाखा ललितपुरको कुमारीपाटीमा, शाखा संख्या १०० पुग्यो

कामना सेवा विकास बैंकको शाखा ललितपुरको कुमारीपाटीमा, शाखा संख्या १०० पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुरको कुमारीपाटीमा १०० औं शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका अध्यक्ष सुदिप आर्चाय तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज ?श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

laxmi

सोही अवसरमा बैंकले ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण समेत गरेको थियो । कार्यक्रममा श्रेष्ठले बैंकले देशको अर्थिक विकासमा टेवा पुर्याउनेमा आफू विश्वस्त रहेको बताएका छन । उनले बैकिङ क्षेत्रमा विभिन्न जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा सचेत भएर काम गर्न सुझाव समेत दिएका छन ।

सोही अवसरमा बैंकले समय सापेक्ष व्यवसाय प्रवर्द्धन तथा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै स्वर्णिम सुरक्षित प्रिमियम बचत खाता समेत संचालनमा ल्याएको छ । बैंकले १ सय शाखा तथा ४९ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL