Logo

ओम डेभलपमेन्ट बैंकले लगानीकर्तालाई बोनस सेयर नदिने, स्वाप रेसियोमा असर पर्ने भएपछि रद्द

ओम डेभलपमेन्ट बैंकले लगानीकर्तालाई बोनस सेयर नदिने, स्वाप रेसियोमा असर पर्ने भएपछि रद्द



काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई बोनस सेयर नदिने भएको छ । बैंकले यस अघि घोषणा गरेको १२ दशमलव ७० प्रतिशत बोनस सेयर बैंक संचालक समितिको शुक्रबार बसेको बैंठकले नदिने निर्णय गरेको हो ।

ओम डेभलपमेन्ट बैंकले एनएमबी बैंकसँग मर्जरमा जान सझदारी पत्रका हस्ताक्षर गरेसँगै यस अघि लगानीकर्तालाई दिने भनेको बोनस सेयर रद्द गरेको जानकरी दिएको हो ।

दुई संस्थाबीच भएको समझदारीअनुसार अबका दिनमा बोनस सेयर दिँदा सेयर स्वाप रेसियोमै असर पर्ने भएकाले यस अघि घोषणा गरिएको बोनस सेयर वितरण रद्द गरिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL