काठमाडौं । एनआईसी एशिया बैंकले सर्लाहीको कबिलासीमा शाखा विस्तार गरेको छ ।
बैंकको कबिलासी शाखाको कबिलासी नगरपालिकाका मेयर किशोर यादवले बिहीबार उदघाटन गरेको छ ।
बैंकले सरकार तथा नेपाल राष्ट्र बंैकको निति अनुरुपनै स्थानिय निकायमा शाखा विस्तार गरेको जानकारी दिएको छ ।
बैंकले देशभर २ सय २४ शाखा, २ सय १० एटिएम, १४ एक्स्टेन्सन काउण्टर तथा ९ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।