Logo

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, लुम्बिनी विकास कोषलाई १० लाख सहयोग

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, लुम्बिनी विकास कोषलाई १० लाख सहयोग



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडद्धारा लुम्बिनी विकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्धारा संचालित बिभिन्न संरक्षणका कार्यक्रमका लागि १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।

उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री र आगन्तुकहरुलाई सुविधा प्रदान गर्ने तथा पैदल मार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिने छ ।

कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि), श्रीराममोहन राव अमराले लुम्बिनी विकास कोषका सदस्य सचिब, सानुराजा शाक्यलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This