काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे संगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्ट मार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्ने छन् ।
भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहित अवधी तथा लचिलो किस्ताबन्दी सुविधा यस भुर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ । यो सेवा अन्तर्गत हाल प्रचलनमा रहेको भौतिक क्रेडिट कार्डको आवाश्यकता नपर्ने भएकोले कार्ड बोकेर हिड्नुपर्ने झन्झटको अन्त्य हुनेछ ।
सेवाको थालनी संगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई ५ सय सम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफर समेत ल्याएकोले ग्राहकहरुलाई अझ फाइदाजनक हुनेछ ।
यी सुविधा थप गरेसंगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकले आगामी दिनहरुमा मोबाइल एप्लिकेसनलाई अझै परिष्कृत तथा परिमार्जित गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।