Logo

सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेस होटलबीच सम्झौता, ग्राहकलाई होटलमा २५ प्रतिशतसम्म छुट

सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेस होटलबीच सम्झौता, ग्राहकलाई होटलमा २५ प्रतिशतसम्म छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र पाँच तारे होटल श्री दुसित प्रिन्सेस काठमाडांैबीच सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरु ( रेष्टुरेन्ट, आवाश तथा अन्य सुविधा) प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

laxmi

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख संचालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल दुसित प्रिन्सेस तर्फबाट उक्त होटलका क्लस्टर महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक महानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल दुसित प्रिन्सेस काठमाडौंमा खाना तथा पेय पदार्थमा २० प्रतिशत तथा बैंकका कर्मचारीहरुले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवाश लगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । साथै बैंकका कर्मचारीहरुलाई भोजका निम्ति हलहरुमा पनि विशेष छुट दिएको व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL