Logo

कुमारी बैंकको ‘कुमारी गज्जब बचत’ योजना, उच्च ब्याजदर प्रदान गर्ने

कुमारी बैंकको ‘कुमारी गज्जब बचत’ योजना, उच्च ब्याजदर प्रदान गर्ने



काठमाडौं । कुमारी बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधासहित बैंकले “कुमारी गज्जब बचत खाता” योजना सार्वजनिक गरेको हो ।

laxmi

न्युनतम मौज्दात एक हजार रुपैयाँ रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नेछ । यसका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा र निःशुल्क डेबिट कार्ड समेत उपलब्ध हुने बैंकले जनाएको छ ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL