Logo

बैंकरलाई गभर्नरले भने–कर्जा दिंदा गरिखाने र ठगीखाने छुट्ट्याउनु, समस्या समाधान हुन्छ

बैंकरलाई गभर्नरले भने–कर्जा दिंदा गरिखाने र ठगीखाने छुट्ट्याउनु, समस्या समाधान हुन्छ



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरूले उद्योग व्यवसाय संचालनभन्दा पनि कागजमा व्यवसाय देखाएर कर्जा लिएका कारण समस्या सिर्जना भएको बताएका छन् । ‘अहिले जसले राम्रो व्यवसाय गरेर मुनाफा आर्जन गर्नुभएको छ उहाहरूले आफुले धान्नेगरि कर्जा लिनुभएको छन र समयमै कर्जा तिरिरहनुभएको छ,’ बैकर्स संघको ३७ ओ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले भने–जसले गलत मनसाय राखेका छन उनीहरूले आवश्यताभन्दा बढी कर्जा लिएर दुरुपयोग गरेका छन । तसर्थ बैकरहरूले कर्जा दिने समयमा त्यस्ता विषयमा ध्यान दिनुपर्छ ।’

laxmi

गभर्न अधिकारीले सिस्टम बुझाउन नसक्दा बैकिङ क्षेत्रले गाली खानु परेको पनि बताए । ‘बैकलाई किन मिटरव्याजी र पुराना सामन्तीहरूसँग जोडिने गरेको छ ?, किन यस्तो भैरहेको छ ?, ग्राहकले गलत प्रोडक्ट छानेर कर्जा लिदा अहिले समस्या भएको छ ’, उनले भने । बैंकहरूको इफेक्टिभ डिभिडेन्ट औसत ७ प्रतिशतमा झरेको र यो यो नाफा बढी नभएको पनि उनले बताए । अहिले बाह्यक्षेत्र मजवुद हुँदा फिस्कल पोलीसीमा समस्या देखिएको र बजारमा तरलता बढी हुँदा अहिले राष्ट्र बैकले ७५ अर्व रूपैयाँ खिच्नुपरेको गभर्न अधिकारीले बताए । ‘तर यसलाई कर्जामा लगानी गर्नुपर्छ। कर्जा दिदा बैकरले मुल्यांकन गर्न सक्नुपर्छ । अहिलेको नेट एनपीए १.५ प्रतिशत मात्रै छ प्रोभिजन भएको एनपीएबाट डराउनु पर्दैन्’, गभर्नर अधिकारीले भने ।

राष्ट्र बैंकले सेन्ट्रल केवाईसी प्रणाली बनाउँदै गरेको जानकारी दिदै गभर्नर अधिकारीले २०२६ बाट सेन्ट्रल बैक डिजिटल करेन्सी कार्न्यवनमा आउने बताए । यसका लागि राष्ट्र बैकले छुट्टै विभाग समेत गठन गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL