Logo

ज्योति विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, उद्यमशील टोल विकास संस्थालाई धान रोप्ने मेसिन प्रदान

ज्योति विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, उद्यमशील टोल विकास संस्थालाई धान रोप्ने मेसिन प्रदान



काठमाडौँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका लागि स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत तिलोत्तमा–१०, शान्तिनगर, रुपन्देहीस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ ।

laxmi

कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवर्द्धन र कृषकहरुलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचालित धान रोप्ने मेसिन खरिदका लागि बैंकले आर्थिक सहयोग गरेको हो ।

एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका बुटवल क्लस्टर कार्यालय प्रमुख कपिल न्यौपाने र बैंकका मणिग्राम शाखाका शाखा प्रबन्धक श्री खगेन्द्र थापाले संयुक्त रूपमा उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घन सिंह पुनलाई उक्त धान रोप्ने मेसिन औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर, विभिन्न स्थानीय निकायका पदाधिकारीहरू लगायत स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो । उक्त धान रोप्ने मेसिन प्रयोगमा आए सँगै सो विकास समितिमा आबद्ध करिब १०० भन्दा बढी कृषक परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL