Logo

Global_Ime

एनएमबि बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब सजिलै भुक्तानी गर्न सक्ने

एनएमबि बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब सजिलै भुक्तानी गर्न सक्ने



काठमाडौं । चिनियाँ वालेट वी च्याट पे एनएमबि बैंकसँग जोडिएको छ । यससँगै नेपाली बजारमा वी च्याट पे सेवाको औपचारिक सुरुवात भएको छ ।

Laxmi_sunrise

उक्त घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायत नेपाली र चीनिया अधिकारीहरुको उपस्थितिमा लेकसाईड पोखरामा एक समारोह बीच सम्पन्न भएको छ ।

उक्त उद्घाटन समारोहमा चीनका राजदुत चेन सोङले वी च्याट पे क्युआर कोडमार्फत स्थानीय व्यवसायीलाई कारोवार गर्न सहजता पुग्ने वी च्याट पेको सुविधा र नेपाल चीन फ्रेन्डशीपको विषयमा प्रकाश पारे । साथै उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वीच्याट मार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकीङ्ग प्रणाली मार्फत सम्वन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्ने । यसले डिजिटल बैंकीङ्ग कारोवारलाई समेत प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।

यो साझेदारीले वी च्याट पेमार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ । अब आगन्तुकहरूले आफ्नो वी चयाट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त यस एनएमबि बैंक मार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL