Logo

लगानी विस्तार नहुँदा घट्यो वाणिज्य बैंकको नाफा, १० महिनामा कमाए ५७ अर्ब

लगानी विस्तार नहुँदा घट्यो वाणिज्य बैंकको नाफा, १० महिनामा कमाए ५७ अर्ब



काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको लगानी विस्तार नहुँदा नाफा घटेको छ । वाणिज्य बैंकहरुले आफुसँग भएको निक्षेप परिचालन गर्न नसक्दा नाफा घटेको हो । बैशाखसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत वर्षको वैशाखसम्मको भन्दा २ प्रतिशतले कम हो । गत वर्ष वैशाखसम्म वाणिज्य बैंकहरुले ५८ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएका थिए ।

laxmi

यस अवधिसम्म सबैभन्दा धेरै नाफा नबिल बैंक रहेको छ । नबिलको नाफा ६ अर्ब १२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको जानकारी दिएको छ । यस्तै सबैभन्दा बढी नाफा कमाउनेमा दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । जसले वैशाखसम्म पाँच अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएको छ । यसैगरी, यो अवधिमा एनआइसी एसिया बैंकको नाफा चार अर्ब ३९ करोड, राष्ट्रिय वाणिज्य बैंकको नाफा चार अर्ब पाँच करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा तीन अर्ब ८९ करोड रुपैयाँ छ ।

बैशाखसम्म एनएमबी बैंकको नाफा दुई अर्ब ९६ करोड रुपैयाँ रहेको छ भने प्राइम कर्मसियल बैंकको नाफा दुई अर्ब ९६ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा दुई अर्ब ७८ करोड रुपैयाँ र एभरेष्ट बैंकको नाफा दुई अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस्तै हिमालयन बैंकको नाफा दुई अर्ब ६४ करोड, नेपाल बैंकको नाफा दुई अर्ब ४६ करोड, प्रभु बैंकको नाफा दुई अर्ब ३१ करोड रुपैयाँ, नेपाल एसबिआइ बैंकको नाफा दुई अर्ब रुपैयाँ सानिमा बैंकको नाफा एक अर्ब ९६ करोड रुपैयाँ, कुमारी बैंकको नाफा एक अर्ब ८१करोड रुपैयाँ रहेको छ ।

यसैगरी, सिद्धार्थ बैंकको नाफा एक अर्ब ७९ करोड रुपैयाँ, माछापुच्छ«े बैंकको नाफा एक अर्ब ५६ करोड रुपैयाँ, लक्ष्मी बैंकको नाफा एक अर्ब ४६ करोड रुपैयाँ, सिटिजन्स बैंक एक अर्ब ४३ करोड रुपैयाँ, सनराइज बैंकको नाफा एक अर्ब ३७ करोड रुपैयाँ र कृषि विकास बैंकको नाफा एक अर्ब २२ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL