Logo

सिटिजन्स बैंक र ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकमा छुट

सिटिजन्स बैंक र ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकमा छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली, काठमाडौंस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिक बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको हो ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

laxmi

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १ सय ४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL