Logo

आइटी क्षेत्र प्रर्वद्धनमा कुमारी बैंकको साथ, न्यास–आइटीसँग बैंकिङ सेवासम्बन्धी सम्झौता

आइटी क्षेत्र प्रर्वद्धनमा कुमारी बैंकको साथ, न्यास–आइटीसँग बैंकिङ सेवासम्बन्धी सम्झौता



काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रको विकास र प्रवर्धन गर्न स्थापित सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ नेपाल एसोसियसन फर सफ्टवेयर एण्डा आइटी सर्भिस कम्पनी ९न्यास–आइटी ) सँग बैंकिङ्ग सेवा सम्बन्धि सम्झौता गरेको छ ।

laxmi

उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडले न्यास–आइटीमा आवद्ध कम्पनीहरुलाई सरलीकृत कर्जा लगायत अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपलब्ध गराउने छ । कुमारी बैंक लिमिटेडका वरिष्ठ उप—प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा न्यास–आइटीका अध्यक्ष रिचन श्रेष्ठद्वारा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सूचना तथा प्रवधि क्षेत्रसँग आवद्ध भएका संस्थाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्न सरलीकृत बैंकिङ्ग सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । न्यास–आइटी नेपालको सूचना तथा प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरुको एकीकृत विकासका लागि सक्रिय रहँदै आएको छ ।

सूचना तथा प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनकालागि बैंक तथा संघ बीच गरिएको उक्त सम्झौताले सूचना तथा प्रविधि क्षेत्रमा आवद्ध उद्दमी तथा संस्थाहरुमाझ थप उर्जा प्रदान गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, २९६ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL