Logo

एनएमबि बैंकको वित्तीय साक्षरता प्रशिक्षक तालिम सम्पन्न, २६ जनाले लिए तालिम

एनएमबि बैंकको वित्तीय साक्षरता प्रशिक्षक तालिम सम्पन्न, २६ जनाले लिए तालिम


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२ पुस, काडमाडौं । एनएमबी बैंकले वित्तीय साक्षरता प्रशिक्षण तालिम सम्पन्न गरेको छ । बैंकले प्लानेट फाइनान्सको सहकार्य तथा स्वीस डेभलपमेन्ट कोअपरेशनको सहयोगमा पाँच दिने उक्त तालिम सम्पन्न गरेको छ ।

तालिममा नेपालका विभिन्न स्थानबाट आएका २६ जना सहभागीहरुले भाग लिएका थिए ।  उक्त तालीम कार्यक्रममा ग्रामीण समुदायलाई वित्तीय जानकारी प्रदानगर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

समापन समारोहमा मन्तव्य राख्दै एनएमबि बैंकका उप प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले यो कार्यक्रम ग्रामीण भेगका बैंकिंङमा बानी नबसिसकेका मानिसहरुका लागि लक्षित वित्तीय साक्षरता प्रशिक्षण सृंखलाको शुभारम्भ भएको बताए ।

उनका अनुसार दैलेख, धुन्चे, नेपालगंज, इलाम, बिराटनगर आदि देशका बिभिन्न भागहरुमा ५ सयभन्दा बढी मानिसहरुलाई वित्तीय साक्षरता तालीम दिइसकेपछि मात्र यो प्रशिक्षण कार्यक्रमको प्रभावकारीताको मुल्यांकन गर्न सकिनेछ ।

उक्त अवसरमा तालीम कार्यक्रमका प्रशिक्षक यज्ञराज ढुंगेलद्वारा लिखित ‘वित्तीय साक्षरता तथा तालीम पुस्तिका’ नामक पुस्तकको विमोचन गरिएको थियो ।

एनएमबि र्बैकका लघु वित्त प्रयोगकर्तालाई दिइने प्रशिक्षणले निर्धन व्यक्तिहरुलाई वित्त व्यवस्थापन बारे बुझ्नका लागि मद्दत पुग्ने मात्र नभई वित्तीय संस्थाहरुलाई पनि सुरक्षित रुपमा लघुवित्त प्रदान गर्ने कार्यमा सहयोग पुग्ने विश्वास र्बैकले लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL