Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २ अर्बमाथि, ब्याज आम्दानी ७३.९३ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २ अर्बमाथि, ब्याज आम्दानी ७३.९३ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले अन्य बैंकको भन्दा एक साता ढिला गरि वित्तीय विवराण आज प्रकाशित गरेको हो ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मिलेर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, बैंकले गरेको सो नाफामा मेगा बैंकको नाफा जोडिएको छैन । यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा २८.४४ प्रतिशतले बढेको छ ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६० करोड रुपैयाँले ऋणात्मक रहेको छ । दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ९८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा पनि २३.८८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्म बैंकले ४ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब ४० करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी ७३.९३ प्रतिशतले बढेको छ ।

चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६३.८१ प्रतिशतले बढेर २३ अर्ब ५५ करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिसम्म रिजर्भमा १८ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ३.७१ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिसम्म एनपीएल २.०६ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १५.६१ रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ईपीएस १७.७४ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL