Logo

ग्लोबल आइएमई बैंकको ६३औँ एक्सटेन्सन काउन्टर तातोपानीमा, निक्षेप संकलन र भुक्तानीमा सहज

ग्लोबल आइएमई बैंकको ६३औँ एक्सटेन्सन काउन्टर तातोपानीमा, निक्षेप संकलन र भुक्तानीमा सहज



ग्लोबल आइएमई बैंकले आफ्नो ६३ औँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।

उक्त एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने लगायत सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३६५ शाखा, ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL