Logo

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २ करोड, ईपीएस कति छ ?

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २ करोड, ईपीएस कति छ ?



काठमाडौं । माछापुच्छ्रे बैंकले नाफाको झिनो सुधार गरेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

laxmi

बैंकले पुस मसान्त अवधीसम्ममा १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा २ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत पुस मसान्तसम्ममा बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप उठाएर एक खर्ब २८ अर्ब कर्जा लगानी गर्दा २ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

१० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १९.९९ रुपैयाँ रहेको छ । आधार ब्याजदर ११.२३ प्रतिशत रहँदा स्प्रेड दर ४.२५ छ । बैंकको सीडी रेसियो ८५.१८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL