Logo

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने, सोमबार दिउँसो २ बजे बोलकबोल हुने

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने, सोमबार दिउँसो २ बजे बोलकबोल हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ । बैंकले ९१ दिनको लागि ६ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । १४ चैत यो ट्रेजरी परिपक्व हुनेछ ।

१८२ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १२ गते परिपक्व हुनेछ । १ वर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी १० पुस २०८० मा परिपक्व हुनेछ ।

सथै ट्रेजरी बिलका लागी सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन पाउने बैंकले जानाएको छ । बोलकबोलमा अत्याधिक मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी तोकिएको रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL