Logo

GBIME

गरिमा विकास बैंकको ‘गरिमा डिजिटल बटुवा नेपाल पे क्युआरमा आवद्ध

गरिमा विकास बैंकको ‘गरिमा डिजिटल बटुवा नेपाल पे क्युआरमा आवद्ध



काठमाडौं । गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग (गरिमा डिजिटल बटुवा एप) बाट अब नेपाल–पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

Laxmi

बैंकका ग्राहकहरूले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरूमा रहेको नेपालपे क्युआर स्क्यान गरी क्युआर मार्फत सजिलै भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले नेपाल पे क्युआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरिएको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे क्युआर स्थापना र सञ्चालनमा आएको हो, जस अन्तर्गत सदस्य बैँक वित्तीय संस्थाहरू, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य क्युआर स्कीमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट गरिमा डिजिटल बटुवा अथवा नेपालपे क्युआरमा आबद्ध अन्य मोबाईल बैङ्गिक एप वा वालेट एप मार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यसरी गरिमा विकास बैंकको मोबाईल बैङ्गिकमा नेपालपे क्युआर जोडिदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धी हुने आशा गरिएको छ साथै डिजिटल भुक्तानी आफ्नो प्राथमिकता पनि रहेको बैंकको भनाई छ । गरिमा विकास बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालयहरु र ५१ एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC