Logo

बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत लाभांश घोषणा, यस्तो छ बोनस र नगद

बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत लाभांश घोषणा, यस्तो छ बोनस र नगद



काठमाडौं । बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । आज बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले चुक्तापुँजीको १४.९५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार ११३.७६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र ६ प्रतिशतले हुन आउने २ अर्ब २२ करोड ५७ लाख २६ हजार ७५८.०८ रुपैयाँबराबरको बोनस सेयर कुल २०.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २८ औं वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This