Logo

एनआईसी एशियाले सुरु गर्याे भिसा डाइरेक्ट सेवा, अब १०० बढी देशबाट सिधै भिसा कार्डमा पैसा आउने

एनआईसी एशियाले सुरु गर्याे भिसा डाइरेक्ट सेवा, अब १०० बढी देशबाट सिधै भिसा कार्डमा पैसा आउने



काठमाडौं । एनआईसी एशिया बैंकले भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । बैंकले भिसा इन्टरनेशनलसँगको सहकार्यमा खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्टमार्फत नै पैसा पठाउन मिल्नेगरी उक्त सेवाको सुरुवात गरेको हो ।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरुले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवा अन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा एनआईसी एशिया बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ । त्यसका लागि रकम पठाउने विदेशी तथा स्वदेशी ग्राहकले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको उक्त नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल देशभर ३ सय ५९ शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL