Logo

सानिमा बैंकको तीजको कोसेली योजना सार्वजनिक, नारी बचत खातामा विभिन्न सुविधा

सानिमा बैंकको तीजको कोसेली योजना सार्वजनिक, नारी बचत खातामा विभिन्न सुविधा



काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।

laxmi

उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने जनाएको छ ।

साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL