Logo

बैंकलाई राष्ट्र बैंकको निर्देशन : प्रतिवन्धित वस्तुको एलसी नखोल्नु

बैंकलाई राष्ट्र बैंकको निर्देशन : प्रतिवन्धित वस्तुको एलसी नखोल्नु



काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले आयातमा प्रतिवन्ध लगाएका वस्तुको आयात प्रतितपत्र (एलसी) नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सोमबार क र ख वर्गका बैंकहरुका नाममा एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले सरकारको निर्णयअनुसार विभिन्न १० वस्तुको एलसी नखोल्न निर्देशन दिएको हो ।

laxmi

यसअघि बैशाख १३ गते उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले कुरमुरे, खेलौना, तास, गाडी, मोबाइल, टिभीलगायत १० वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो । पुनः उक्त प्रतिवन्धलाई आगामी भदौ १४ सम्म लम्ब्याईएको छ । उक्त लम्ब्याईएको अवधिमा पनि बैंकहरुले प्रतिवन्धित वस्तुको एलसी नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

सरकारले व्यापारघाटाको खाडल बढेको र वैदेशिक मुद्रा संचितिमा दबाव परेको भन्दै विलासिताका वस्तुको आयातमा कडाईसँगै प्रतिवन्धसमेत लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL