Logo

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा : वैदेशिक मुद्रा संचिति घट्दै गए आयातमा अझै कडाई गर्ने (पुर्ण पाठसहित)

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा : वैदेशिक मुद्रा संचिति घट्दै गए आयातमा अझै कडाई गर्ने (पुर्ण पाठसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । पुराना बुँदाहरुलाई धेरै परिवर्तन नगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गरेको हो ।

laxmi

समिक्षामा मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाव यथावत रहेकोले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने बताईएको छ ।

कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि यस बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको छ ।

आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिनेछ ।

यस्तै राष्ट्र बैंकल मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखेको छ ।

मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइने बताइएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको पुर्णपाठ :

[googleapps domain=”drive” dir=”file/d/12VtJqqFzM_B9xpnVDCt05_Io0ai7m3u8/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL