Logo

सानिमा बैंकका ग्राहकले ३ होटलमा छुट पाउने सम्झौता, सम्झौतामा हस्ताक्षर

सानिमा बैंकका ग्राहकले ३ होटलमा छुट पाउने सम्झौता, सम्झौतामा हस्ताक्षर



काठमाडौं । सानिमा बैंकले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौँ ठमेलसँग होटलको सेवामा छुट दिनेसम्बन्धी सम्झौता गरेको छ ।

laxmi

सम्झौता अनुसार ग्राहकले सानिमा भिसा कार्ड (डेबिट–क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन होटलमा १० प्रतिशत छुट पाउने छन् । त्यस्तै, द एभरेष्ट होटलमा १५ प्रतिशत, होटल अकामामा २० प्रतिशत र अलफ्ट काठमाडौँ ठमेलमा १५ प्रतिशत छुट पाउनेछन् । यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन् ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट बाट आवेदन दिन सकिन्छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट , होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL