Logo

सानिमा बैंकको नयाँ शाखा चितवनको टाँडीमा, शाखा संख्या १२६ पुग्यो

सानिमा बैंकको नयाँ शाखा चितवनको टाँडीमा, शाखा संख्या १२६ पुग्यो



काठमाडौँ । सानिमा बैंक लिमिटेडले चैत्र १० गते चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका संचालक डा केशवप्रसाद आचार्यले संयुक्त रुपमा गरे ।

laxmi

समुद्घाटन् समारोहमा मह जोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

उद्घाटन् समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र त्यहाँको व्यवसायिक बिकासमा टेवा पुर्याएकोमा शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका सञ्चालक डा। केशवप्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा एटीएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL