Logo

नेपाल बैंकले संचालनमा ल्यायो ‘समृद्ध नारी रिकरिंग निक्षेप खाता’, खाता खोल्दा १० लाखको दूर्घटना बीमा

नेपाल बैंकले संचालनमा ल्यायो ‘समृद्ध नारी रिकरिंग निक्षेप खाता’, खाता खोल्दा १० लाखको दूर्घटना बीमा



काठमाण्डौं । नेपाल बैंकले समृद्व नारी रिकरिंग निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा महिला वर्गलाई लक्षित गर्दै विभिन्न बैंकिङ तथा ईन्स्योरेन्स सुुविधा सहितका नयाँ निक्षेप खाता संचालनमा ल्याएको हो ।

मासिक न्युनतम २५ हजार रुपैयाँ र सोहि गुणाङ्कमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशूल्क लकर सुविधा लगाएत थूप्रै बैंकिङ सूविधाहरु रहेका बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार १० लाख बराबरको दुर्घटना बिमा सुविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि मुद्घती सरहको ब्याजदर रहेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए । हाल नेपालभर २ सय १३ शाखाहरु १ सय ४८ एटिएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा दिईरहेको छ ।

करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको उक्त बैंकले आफ्ना ग्राहकको सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्षयता बैंकले छिटोछरितो गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत देशैभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, यूवा जनशक्ति र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा बैंकप्रति आकर्षण बढ्दै गईरहेको बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्