Logo

हायर पर्चेज कर्जा दिने कम्पनीलाई कडाई, धितोको ८० प्रतिशत मात्रै लगानी, एकल ग्राहक सीमा ३० प्रतिशत (निर्देशन सहित)

हायर पर्चेज कर्जा दिने कम्पनीलाई कडाई, धितोको ८० प्रतिशत मात्रै लगानी, एकल ग्राहक सीमा ३० प्रतिशत (निर्देशन सहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई कडाई गरेको छ । बैंकले आईतबार ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (तेस्रो संशोधन २०७८) जारी गर्दै यस्तो कर्जामा कडाई गरेको हो ।

उक्त निर्देशन अनुसार हायर पर्चेज कर्जा दिने कम्पनीहरुले धितो मूल्यांकनको ८० प्रतिशत सम्म मात्रै कर्जा पाउने भएका छन् । यस अघि यस्ता कम्पनीले धितो मुल्यांकनको शतप्रतिशतसम्म कर्जा दिँदै आएका थिए ।

यसैगरी कुनै एउटै, ग्राहक फर्म, कम्पनी वा समुहलाई प्रदान गरिने कर्जाको सीमा अघिल्लो त्रैमासको खुद सम्पत्तिको बढिमा ३० प्रतिशतसम्म कायम गरिएको छ । राष्ट्र बैंकले त्यस्ता कम्पनीले प्रबाह गर्ने कर्जा एटउटै कम्पनी वा फर्ममा केन्द्रिकृत नहोस भन्ने उद्देश्यले ३० प्रतिशतको सीमा राखेको जानकारी दिएको छ । यस अघि हायर पर्चेज कम्पनीले एउटै कम्पनी वा फर्मलाई आफ्नो खुद सम्पतीको शतप्रतिशत कर्जा दिन सथ्यो ।

यसैगरी राष्ट्र बैंकले हायर पर्चेज कम्पनीहरुले लिने ब्याजदरको सीमा बढाएको छ । अब हायर पर्चेज कर्जामा औषत व्याजदर अन्तर ३ प्रतिशत रहेकोमा तेस्रो संसोधनमार्फत ४ प्रतिशतभन्दा बढि नहुनेगरी ऋण तथा सापटीमा दिनसक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL