Logo

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, भक्तपुर सिसिटिभी जडान समितिलाई आर्थिक सहयोग

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, भक्तपुर सिसिटिभी जडान समितिलाई आर्थिक सहयोग



काठमाडौं । भक्तपुरको समग्र शान्ति सु–व्यवस्थालाई चुस्त दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकले समितिलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बैंक सञ्चालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले समितिका सचिव पदम लाल सिलाकारलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । साथै सो कार्यक्रममा बैंकका तर्फबाट बजार व्यवस्थापन विभाग प्रमुख पुष्प राज उप्रेती र समितिको तर्फबाट सदस्य–सचिव प्रहरी नायव उपरीक्षक राजु पाण्डेको समेत उपस्थिति रहेको थियो ।

एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौँ सन्तुष्ट ग्राहकहरू आबद्ध छन् । देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा सञ्जाल, १३८ एटिएम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL