Logo

ग्लोबल आइएमई बैंकको क्षेत्रपाटी शाखाको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङसम्बन्धी कार्यक्रम सम्पन्न, १५० को हाराहारीमा सहभागी

ग्लोबल आइएमई बैंकको क्षेत्रपाटी शाखाको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङसम्बन्धी कार्यक्रम सम्पन्न, १५० को हाराहारीमा सहभागी



काठमाडौंं । ग्लोबल आइएमई बैंक लिमिटेड, वागमतीको आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै सञ्जाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको ग्लोबल आइएमई बैंक प्रालिले बिहीबार क्षेत्रपाटी शाखामा डिजिटल बैंकिङ सम्वन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

ग्लोबल आइएमई बैंकमा आवद्ध ग्राहक तथा आम सर्वसाधारणहरुलाई डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रदान गरिएको कार्यक्रममा क्षेत्रपाटी शाखा प्रमुख दीपक पोखरेलले प्रशिक्षक संयोजकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड, क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कर्पोरेट पेलगायतका विषमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागीबाट आएका प्रश्न तथा जिज्ञासाहरुको समेत जवाफ दिइएको थियो । ग्लोबल स्मार्ट प्लस एप्लिकेशन मोबाईलमा डाउनलोड गरी सो बाट उल्लेखित सेवाहरु लिन सकिने तथा घन्टौ लाइनमा बसेर बैंकमा गई नगद रकम निकाल्नु पर्ने बाध्यताका साथै समयको बचतका लागि पनि डिजिटल बैंकिङका सेवाहरुको महत्व बढेको कार्यक्रममा प्रष्ट्याइएको थियो । कार्यक्रममा करिब १५० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL